सङ्घीय सांसद अभिषेक प्रताप शाह सवार कार नवलपरासीमा दुर्घटना — OSNepal

सङ्घीय सांसद अभिषेक प्रताप शाह सवार कार नवलपरासीमा दुर्घटना

LC (KTM) May 21, 2021 0

नवलपुर, ७ जेठ – सङ्घीय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभिषेकप्रताप साह सवार कार दुर्घटना भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्किबास बजारमा कार दुर्घटना हुँदा साहसहित तीन जना सामान्य घाइते हुनुभएको छ ।

कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साह काठमाडौँ जाने क्रममा बा१५च ७५२३ नम्बरको कार अनियन्त्रित भई आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा साहका स्वकीय सचिव सूर्यप्रताप साह र चालक महेशकुमार पासवानसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि सिर्जित राजनीतिक अवस्थाका कारण उहाँ गृह जिल्लाबाट काठमाडौँ जान लाग्नुभएको बुझिएको छ ।

दुर्घटनाबाट सामान्य घाइते भएका तीनै जानको स्थानीय मेडिकलमा उपचारपश्चात सांसद साह र उहाँका स्वकीय सचिव साह अर्को गाडी खोजेर काठमाडौँ जानुभएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर