प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला ओलीका यि असल साथी रातारात कताबाट बन्न पुगे ? — OSNepal

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला ओलीका यि असल साथी रातारात कताबाट बन्न पुगे ?

LC (KTM) May 22, 2021 0

महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु । मधेस आन्दोलन र मधेसका मुद्दाप्रति अनुदार मानिएका ओलीले ठाकुरको साथ पाउनुलाई धेरैले आश्चर्य र संशयको दृष्टिकोणले हेरेका छन् ।

ठाकुरले नेतृत्व गरेको दल जनता समाजवादी पार्टीमै ओलीलाई हेर्ने दृष्टिकोणमा धेरै ठूलो भिन्नता छ । उपेन्द्र यादव र बाबुराम भट्टराईले ओलीलाई प्रतिगामी भनेर हटाउन हरसम्भव प्रयास गरिरहँदा ठाकुरले ओलीको साथ छाडेका छैनन् । बरु आफ्नो समर्थनलाई औपचारिकतामा परिणत गरिदिएका छन् ।

तीन दिन अगाडि मात्रै जसपाका दुई अध्यक्ष ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीमा एकताको सन्देश दिएका थिए । तर त्यो टिक्न सकेन । ठाकुरले ओलीलाई र यादवले विपक्षी गठबन्धनबाट प्रधानमन्त्री प्रस्तावित कांग्रेस नेता शेरबहादुर देउवालाई साथ दिएका छन् । सिंगो पार्टी विभाजनको अवस्थामा पुगिसक्दा पनि ठाकुरले ओलीको साथ नछाडेका हुन् । ओलीसँगै लागेका कारण मुखमै आएको प्रधानमन्त्री पदको अवसर उनले गुमाएको टिप्पणी पनि भइरहेको छ ।

जसपा नेता सर्वेन्द्रनाथ शुक्ल ठाकुरको प्रधानमन्त्री ओलीसँगको निकटताको एकमात्र कारण मधेस मुद्दाको सम्बोधन रहेको बताउँछन् । ‘जसलाई जे लागे पनि, जे–जे अनुमान गरे पनि ओलीले मधेसको मुद्दालाई सम्बोधन गर्छु भन्ने विश्वास दिलाउनु नै उनीसँग निकटताको आधार हो,’ उनले भने, ‘त्यसअनुसार काम भएका छन् । यो समाचारकान्तिपुर दैनिकमा छ ।त्यो मधेसका लागि उपलब्धिपूर्ण हो ।’ विगतका सरकारले गर्न नसकेका काम अहिले जसपा सरकारमा नगईकनै गराउन सफल भएको उनले दाबी गरे ।

‘प्रचण्ड (पुष्पकमल दाहाल) जी प्रधानमन्त्री र विमलेन्द्र निधि गृहमन्त्री भएका बेला पनि आन्दोलनकारीलाई लगाइएको झूटा मुद्दा फिर्ता गराउने प्रयत्न गरेका थियौं । चरणबद्ध छलफल भएको थियो, तर सम्बोधन हुन सकेन,’ उनले भने, ‘अहिले त्यस्तै मुद्दामा रहेका सयौं व्यक्तिले उन्मुक्ति पाएका छन् ।’पुष्पकमल दाहालपछि शेरबहादुर देउवाको सरकारमा पनि त्यो काम नभएको उनले उल्लेख गरे । अहिले सरकारको नेतृत्व गरेका कारण स्वाभाविक रूपमै ओलीसँगै मुद्दाको कुरा भएको र झूटा मुद्दा फिर्ता लिने क्रम सुरु भएपछि स्वाभाविक रूपमा विश्वासको वातावरण बनेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर