प्रधानमन्त्री बन्ने दौडाहामा सांसद तानातानको दृश्य देखियो लाजमर्दो — OSNepal

प्रधानमन्त्री बन्ने दौडाहामा सांसद तानातानको दृश्य देखियो लाजमर्दो

LC (KTM) May 22, 2021 0

काठमाडौ । प्रधानमन्त्री बन्ने दौडाहाको सांसद तानातान लज्जास्पद समेत रह्यो । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षबाट हस्ताक्षर गरिएका भनेका कतिपय नेताले त्यसको इन्कार गरेका छन् । उनीहरुले विगतमा अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरमा यसमा दुरुपयोग गरिएको बताए ।

एमाले एकतामा आघात पर्ने गरी विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कार्यमा आफ्नो सहमति नरहेको उनीहरुले प्रस्ट्याएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । एमाले नेता योगेश भट्टराईले भने हस्ताक्षरका क्रममा इन्कार गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफू इतिहासको कठोर मूल्याङ्कनमा खडा भएको बताएका छन् ।

यो पनि : सरकारमा जान पाइने लोभले महन्थ ओलीको पछि लागेपछि जसपा एकता धरापमा : नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए। सत्ताका लागि दुई अध्यक्ष दुई कित्तामा उभिँदा पार्टी एकता धरापमा पर्ने देखिएको छ। ठाकुरले पार्टीको लेडरप्याडमा प्रधानमन्त्री ओलीलाई समर्थन गरेको बेहोरा उल्लेख गर्दै हस्ताक्षर गरेका छन्। त्यस्तै जसपा संसदीय दलको नेताको हैसियतमा राजेन्द्र महतोले पनि संसदीय दलले ओलीलाई समर्थन गरेको बेहोराको पत्रमा हस्ताक्षर गरेका छन्।

यादवले भने प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने पार्टी निर्णय नभएको बताएका छन्। एमाले अध्यक्ष ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसँग पेस गरेको दाबीमा ठाकुर र महतोको चिठीलाई पनि आधार मानिएको छ। ठाकुर र महतोको चिठीलाई आधार मानेर ओलीले जसपाका ३२ सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन्। ३२ जनामा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि पर्छन। यादव र भट्टराईको समर्थन पनि आफूलाई भएको दाबी ओलीको छ। तर, भट्टराई र यादवले कुनै पनि हालतमा ओलीको पक्षमा जान नसकिने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यादव नयाँ सरकार गनका लागि नेपाली कांग्रेसका सभापति देउवाको पक्षमा बहुमत पु¥याउन शुक्रबार दिनभर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगका बैठकमा सहभागी भए। कांग्रेस संसदीय दलको कार्यालयमा यादवले बैठक गरे भने नजिकै रहेको पूर्वराजपा संसदीय दलको कार्यालयमा ठाकुर र महतोले अर्को बैठक गरे। देउवालाई समर्थन गर्ने पार्टी कार्यकारिणी समितिको निर्णय भएको अध्यक्ष यादवले बताए। ओलीको पक्षमा ठाकुर र महतो लाग्नु दुर्भाग्यपूर्ण भएको यादवको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर