इपिएल : पोखराद्धारा ललितपुर ९ विकेटले पराजित , जितसँगै पोखरा शीर्षस्थानमा — OSNepal

इपिएल : पोखराद्धारा ललितपुर ९ विकेटले पराजित , जितसँगै पोखरा शीर्षस्थानमा

LC (KTM) September 29, 2021 0

काठमाडौं, १३ असोज – पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ढिला गरि सुरु भएको ७ ओभरको खेलमा ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गर्दै पाेखरा शीर्षस्थानमा उक्लिएकाे हाे ।

५२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पोखराले ६ ओभरमा ३ बलमा ९ विकेट गुमाउँदै ५५ रन बनाएको हो । पोखराको पहिलो जितमा रिचार्ड लेभीले सर्वाधिक ३८ रन बनाए । अविजित रहेका लेभीले २२ बलमा ५ चौका र १ छक्का हिर्काएका थिए । यता, रित गौतमले १४ बलमा १२ रन जोडे । उनले १ चोका प्रहार गरेका थिए । ललितपुरका अज्मतुल्लाह ओमार्जाईले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । ललितपुरका लागि विकेट किपर सन्दुन विराक्कोडीले सर्वाधिक १९ रन बनाए । १६ बल खेलेका सन्दुनले १ चौका र १ छक्का प्रहार गरे । यता, ओशाडा फर्नान्डोले १० रन बनाउँदा नारायण जोशीले ११ रन बनाए ।

यता, टस जितेर बलिङ गर्ने निर्णय लिएको पोखराको लागि नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । २ ओभर बलिङ गरेका यादवले ११ रन खर्चिएका थिए । यस्तै विक्रम सोबले २ विकेट लिए । २ ओभर बलिङ गरेका विक्रमले ११ रन खर्चिएका थिए । यस्तै केश्रीक विलियमले १ विकेट लिएका थिए ।

यसअघि विहान ९ः३० बजे सुरु हुनुपर्ने खेल मैदान ओसिलो हुँदा निर्धारित समयभन्दा निकै ढिला गरि टस भएको थियो । जितसँगै पोखराले महत्वपूर्ण २ अंक जोडेको छ । उसको २ खेलबाट ३ अंक रहेको छ र शीर्षस्थानमा समेत उक्लिएकाे छ । यसअघि पोखराले भैरहवासँग वर्षाले खेल प्रभावित हुँदा अंक बाढेको थियो ।

यता, लतिलपुरको भने यो दोस्रो हार हो । ललितपुर यसअघि उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनसँग पराजित भएको थियो । ललितपुर २ खेलबाट तालिकामा खाता खोल्न नसकेर पुछारमा रहेको छ । विगत तीन दिनदेखि लगातारको वर्षाले मैदानको आउट फिल्ड पूर्ण रुपमा भिजेको हुँदा बुधबारलाई तय भएको पोखरा राईनोज र ललितपुर प्याट्रियट्सबीचको खेल ७ ओभरमा झारिएको हो ।

यसअघि प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो दिनसमेत वर्षाको कारण अवरुद्ध भएको थियो । दोस्रो दिनको दोस्रो खेलमा पोखरा र भैरहवाबीचको खेल ११ ओभर जारी रहँदा रद्ध भएको थियो । यस खेलमा भने दुबै टोलीले अंक बाँडेका छन् । यसअघि काठमाठौं र विराटनगर तथा भैरहवा र चितवनबीचको तेस्रो दिनको दुबै खेलसमेत वर्षाको कारण रद्ध हुँदा अर्काे मिति तोकिएको थियो ।

हिजो (मंगरबार)समेत पोखरा र काठमाडौं किङ्स इलेभनबीचको खेल बर्षाकै कारण रद्ध भएको थियो । आज नै हुने दोस्रो खेलमा भैरहवा र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर