पोल्याण्डले अफगानी शरणार्थीहरुलाई आफ्नो देश छिर्न दिएन , यसरी कुट्दै फिर्ता पठायो — OSNepal

पोल्याण्डले अफगानी शरणार्थीहरुलाई आफ्नो देश छिर्न दिएन , यसरी कुट्दै फिर्ता पठायो

LC (KTM) September 30, 2021 0

पोल्याण्डले अफागानी शरणार्थीहरुलाई आश्रय दिन अस्विकार गरेको कुरा बाहिरीएको छ । बेलारुसको सीमा पार गरेर आएका अफगान शरणार्थीहरुको समूहलाई पोल्याण्डले अवैध रुपमा हटाएको एम्नेस्टी इन्टरनेशनलको आरोप रहेको छ । बिहीबार प्रकाशित एक डिजिटल अनुसन्धानमा बेलारुस बाट पोल्याण्डको भुभागमा छिरेका ३२ जनाको समुहलाई पुनः बेलारुस नै फर्काई दिएको जनाएको छ ।

यसरी फर्काईनेमा एक १५ बर्षीया बालिका र चार महिलाहरुसहित ३२ जना रहेको बताइएको छ । पोल्याण्डका अधिकारीहरुले गरेको अमानविय हर्कत स्याटालाइटको माध्यमबाट हेरिएको एम्नेस्टीले दाबी गरेको छ । ती अफगानीहरु १८ अगस्टमा बेलारुसको सीमा पार गर्दै पोल्याण्ड पुगेका थिए। त्यहा पुगेको भोली पल्ट नै उनीहरुलाई त्यहाँ बाट बेलारुस नै फिर्ता पठाईएको हो । यस कार्यलाई एम्नेष्टीले एकदमै अमानबिय कार्य भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर