एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद — OSNepal

एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद

LC (KTM) October 03, 2021 0

काठमाडौं १७ असोज । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद पनि रहने भएको छ ।

तिन देखि जारी पार्टीको विधान महाधिवेशनमा पेश भएको विधान संशोधन प्रस्तावमा उठेको प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले एक अध्यक्ष एक वरिष्ठ सहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिव सहित १५ पदाधिकारी रहने बताएका हुन् ।

योसँगै अब एमालेमा १५ जनाको पदाधिकारी संख्या पुगेको छ । सुमहगत छलफलमा यस विषयमा प्रश्न उठेपछि वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद पनि थपिने निणर्य भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर