मेरो नेतृत्वको सरकारमाथि जहिल्यै हमला मात्र भयो : ओली — OSNepal

मेरो नेतृत्वको सरकारमाथि जहिल्यै हमला मात्र भयो : ओली

LC (KTM) October 03, 2021 0

काठमाडौं १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले नेतृत्व गरेको सरकारमाथि जहिले पनि हमला भएको बताएका छन् । जारी विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन माथि जवाफ दिँदै आफ्नो दुई कार्यकालमा हमला भएको बताएका हुन् ।

पहिलो पटक आफु नेतृत्वको सरकारले चिनसगँ परवाहान सम्झौता गरेपछि नाकावन्दीको सामना गरेपछि उधुम खोइरो खन्ने काम भएको बताएका उनले अघि भने, ‘खुइलाउने कोसिस भयो । यति निकाम्वा सरकार हुदैन भन्ने हल्ला चलाइयो ।’

दोस्रो पटक चुनावी तालमेल गरेर, पार्टी एकता गरेर सुढृढ बनाएको बताएका उनले
भने, ‘मानव अधिकारका ठूला कुरा मात्र गरेनौं हामीले । हाम्रा छोराछोरीले खाते भनेर बस्न नपरोस भनेर उद्दार गर्ने काम गरयौं । जेष्ठ नागरिकको ब्यवस्थापनको प्रवन्ध मिलायौं । भीम मग्गा भएर हिडन नपरोस भन्ने सम्मको ब्यवस्था गरयौ ।’

राजनीतिक र वैचारिक रुपमा हमला भएको बताएका ओलीले आफ्नो विचार, संगठनमाथी हमला भएको भन्दै उनले भने, ‘एमालेको महाधिवेशनमा झण्डा देखियो, ब्यानर देखियो भनेर छाती पिटछन् फिरिङगीहरु यो हाम्रो विद्धको हमलाको विभिन्न रुप हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर