पार्टीमा हामीले यसो गर्न पाइँदैन भन्दा बोल्न पाइँदैन भनेर भन्ने तिनीहरू को हुन् ?: प्रकाशमान सिंह — OSNepal

पार्टीमा हामीले यसो गर्न पाइँदैन भन्दा बोल्न पाइँदैन भनेर भन्ने तिनीहरू को हुन् ?: प्रकाशमान सिंह

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्रको विवाद समाधान गरेर जानुपर्ने बताएका छन् । आज सोमबार चाक्सीबारीमा नेता सिंहले समस्या समाधान गर्न आवाज उठाएपनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको खुलासा समेत गरेका छन् ।

सत्तामा हुने पार्टीले दम्भ देखाएको बताएका उनले आफुहरुले दम्भ नदेखाएको दावी गरेका छन् । ‘केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्ना बसेको ८० दिन नाघिसक्यो, यसमा कुरा उठायो भने पदाधिकारीहरू स्यालको हुइँय्याजस्तो पार्टीको आवाज बाहिर उठाउन भएन भन्छन्’ उनले भने ।

काम चाहिँ गर्न नहुने खालका गर्ने, कार्यकर्ताको मनोबल गिराउने काम गर्ने अनि हामीले यसो गर्न पाइँदैन भन्दा बोल्न पाइँदैन भनेर भन्ने तिनीहरू को हुन् ? भन्दै प्रश्न गरेका उनले पार्टीमा सबैको लगानी भएकाले पदमा पुगेँ भनेर चाकडी गर्ने र गुणगान मात्रै गाउने ?’ भनी अर्को प्रश्न गरेका छन् ।

अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताएका उनले १४ औं महाधिवेशनबाट पार्टीलाई सुधार गरेर जानुपर्ने उनको भनाई रहेको छ ।
जिम्मेवार नेताको हातमा नेतृत्व पुर्‍याउन आग्रह समेत गरेका उनले असफल नेताहरूलाई अब नेतृत्वमा पुर्‍याउन नहुने तर्क राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर