ललिता निवास जग्गा प्रकरण : पुर्व प्रधानमन्त्रीद्धय नेपाल र भट्टराईविरुद्धको मुद्धाको सुनुवाई प्रधानन्यायाधीश जबराको बेञ्चमा — OSNepal

ललिता निवास जग्गा प्रकरण : पुर्व प्रधानमन्त्रीद्धय नेपाल र भट्टराईविरुद्धको मुद्धाको सुनुवाई प्रधानन्यायाधीश जबराको बेञ्चमा

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । ललिता निवास जग्गा प्रकरणमा तानिएका पुर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराई विरुद्धको मुद्धा सुरु नगरिएको भन्दै परेको मुद्धाको सुनुवाई आज हुने भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको उक्त रिटमा आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीले सुनुवाइ गर्ने भएका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा तानिएका नेपाल र भट्टराईलाई मुद्दा अख्तियारले नचलाएपछि अख्तियारलाई समेत विपक्षी बनाई न्यायाधिश न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले रिटमा नेपाल र भट्टराई दुवैमाथि यस विषयमा अनुशन्धान गर्नुपर्ने माग समेत राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर