प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भइरहेको छ :मुख्यमन्त्री राउत — OSNepal

प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भइरहेको छ :मुख्यमन्त्री राउत

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने कार्य भएको भन्दै आपत्ती जनाएका छन् । आज बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राउतले यस्तो आपत्ती जनाएका हुन् ।

प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भइरहेकोम बताएका उनले भने, ‘यदि त्यसमा कुनै त्रुटि छ भने, फाइल कमजोर छ भने बोलाएर सोध्न सक्नुहुन्छ’ तर यो अट्याक हो ।’

मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विषयमा आपत्ती जनाएका उनले केही गलत भएको भए बोलाएर सोध्न पर्नेमा एक्कासी आयोगले छापा मारेको भन्दै प्रदेश सरकारलाई बदनाम गर्न षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

अख्तियार संवैधानिक निकाय हो काम गर्न पाउनुपर्छ तर राजीतिक दलले यसलाई एजेण्डा बनाउन नुहने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर