• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

यि हुन् बलिउडमा चलेकी नायिका करिनाकी म्यानेजर पुनम,जसलाई करिनाले गर्छिन निकै माया र पति सैफका हरेक कुरा शेयर

यि हुन् बलिउडमा चलेकी नायिका करिनाकी म्यानेजर पुनम,जसलाई करिनाले गर्छिन निकै माया र पति सैफका हरेक कुरा शेयर


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • ३:४१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < ३ मिनेट
  • 4.2K
    SHARES

    बलिउड स्टारको लाईफ स्टाइलको बारेमा जान्नको लागि हरकोही उत्सुक रहन्छन् । फ्यानहरुलाई यो जान्नका लागि सधै उत्सुकता रहन्छ कि उनीहरुको मन परेको स्टारको ब्यस्त कार्यशैली र दैनिकि कस्तो रहने गरेको छ । उनीहरुले आफ्नो कामलाई कसरी सम्हाल्छन् भन्ने बारे सबैको चासो हुनु स्वभाविक रहेको छ । यसैक्रममा आज हामी तपाईलाई बलिउडमा एकदमै चलेका स्टारहरुको म्यानेजरको बारेमा महत्वपुर्ण जानकारी दिदैछौ । उनीहरुले आफ्नै परिवार जत्तिकै गरेर स्टारहरुको काम सम्हालिरहेका हुन्छन् ।

    >पुजा ददलानी (शाहरुख खान)  बलिउडका किंग अर्थात शाहरुख खानको म्यानेजर हुनु कुनै चानचुने कुरा हैन । तर पनि पुजा ददलानीले शाहरुख खानको सबै काम एकदमै राम्रो संग सम्हालिरहेकी हुन्छिन् । लामो समय देखी उनी शाहरुख खानो म्यानेजर भएर काम गरिरहेकी छिन् । शाहरुखको बलिउडको कार्यतालिका मिलाउने देखी लिएर पुजा आईपीएल टीम कोलकत्ता नाइट राइडर्सको ब्राण्ड समेत रेखदेख गर्ने गर्छिन् ।

    सुसन रोड्रिग्वेज ( रणबीर सिंह)सुसन रोड्रिग्वेज बलिउड सुपरस्टार रणबीर सिंहको म्यानेजर हुन् । रणबीरको म्यानेजर बन्न कुनै सजिलो काम हैन किनकी उनको बराबरको एनर्जी आवश्यकता पर्दछ । यिनै सुसनले बलिउडका सेलीब्रेटीका म्यानेजरको रुपमा काम गरिसकेकी छिन् ।

    रुनाली भगत ( अर्जुन कपुर ) रुनालीले ९ बर्ष सम्म रियालिटी शो का लागि फेशन स्टाइलिस्टको रुपमा काम गरिसकेकी छिन् । त्यसपछि उनले सेलिब्रेटीहरुको म्यानेजर बन्ने फैसला गरिन् । रुनाली अहिले बलिउड स्टार अर्जुन कपुरको म्यानेजर भएर काम गरिरहेकी छिन् । अर्जुन कपुरको सबै काम उनैले सम्हाल्ने गरेकी छिन् ।

    बलिउडमा चलेकी नायिका करिनाsL म्यानेजर पुनम साथीको ब्यवहार

    पुनम दमानिया (करीना कपुर खान) बलिउडमा चलेकी नायिका हुन् करिना कपुर खान । उनी आफ्नो म्यानेजर पुनम दमानियाको साथमा खास बोन्ड शेयर गरिरहेकी हुन्छिन् । करीना पुनम संग एक साथीको रुपमा ब्यवहार गर्ने गर्छिन् साथै पुनम करीनालाई पनि आफ्नो सल्लाह परिवारको सदस्यकै रुपमा दिने गर्छिन् । उनी करीना संग संगै देखिने गरेकी छिन् ।

    मृणाल चब्लानी (प्रियंका चोपडा) ग्लोबल आइकन प्रियंका चोपडाको म्यानेजर १० बर्ष देखी मृणल रहदै आएकी छिन् । प्रियंका मृणाललाई आफ्नै परिवारको हिस्सा मान्ने गर्छिन् । प्रियंकाको लागि काम गर्न मृणाललाई एकदमै मन पर्ने गर्छ । प्रियंकाको हलिउड देखी बलिउड सम्मको सबै वर्क प्रोजेक्टका लागि उनी एकदमै ब्यस्त रहने गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend