कथित अग्रगामी सरकारले भुमिहिनलाई 'गोली' बितरण गर्यो भन्दै बस्नेतले मागे बालकृष्ण खाँणको राजीनामा — OSNepal

कथित अग्रगामी सरकारले भुमिहिनलाई ‘गोली’ बितरण गर्यो भन्दै बस्नेतले मागे बालकृष्ण खाँणको राजीनामा

LC (KTM) October 11, 2021 0

काठमाडौँ २५ असोज । नेकपा ९एमाले०का नेता महेश बस्नेतले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । परमादेश पाएर सरकार बन्नासाथ भुमीहिन सुकुम्बासी आयोग भङ्ग गरेको भन्दै आक्रोशित भएका उनले समाजिक सञ्जाल मार्फ नेता बस्नेतले उनले राजीनामा माग गरेका हुन् ।

उनले भनेका छन्,’यो सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको छ ।उधोग मन्त्री गजेन्द्र हमाल जत्तिको नैतिकता देखाएर राजिनामा दिने आँट गृह मन्त्री बाल कृष्ण खाड संग छ कि छैन ? नत्र कुन मुखले त्यही क्षेत्रमा चुनावमा भोट माग्न जाने हो ?’

अहिलेको सरकार कथित अग्रगामी सरकार भएकोले भुमिहिनलाई ‘गोली’ बितरण गर्दैछ त्यसैले जनता भन्दैछन् “तिम्रो कथित अग्रगामी सरकार मुर्दाबाद बस्नेतले भनेका छन् ।

बस्नेतले भनेका छन् , गृह मन्त्री राजिनामा दे !
परमादेश पाएर सरकार बन्नासाथ भुमीहिन सुकुम्बासी आयोग भङ्ग गर्‍यो । दशैको मुखमा गृह मन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गोली हानी हत्या गरेको छ । दर्जनौं घाइते बनाएको छ।यो सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको छ ।उधोग मन्त्री गजेन्द्र हमाल जत्तिको नैतिकता देखाएर राजिनामा दिने आँट गृह मन्त्री बाल कृष्ण खाड संग छ कि छैन / नत्र कुन मुखले त्यही क्षेत्रमा चुनावमा भोट माग्न जाने हो ?

तिमीहरुले प्रतिगामी भनेको केपी सरकार हुन्थ्यो भने अहिले भुमिहिनलाई “जग्गा “ बितरण गर्थ्यो। तिम्रो कथित अग्रगामी सरकार छ र त अहिले भुमिहिनलाई “गोली “ बितरण गर्दै छ । त्यसैले जनता भन्दैछन् “तिम्रो कथित अग्रगामी सरकार मुर्दाबाद”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर