बसको टायर पन्चर हुदा ३२ जनाको ज्यान गयो — OSNepal

बसको टायर पन्चर हुदा ३२ जनाको ज्यान गयो

LC (KTM) October 13, 2021 0

युद्धबहादुर मल्ल/मुगु -नेपालगंजबाट मुगु आउदै गरेको छाँयानाथ रारा यातायात प्रालीको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक बसको टायर पञ्चर भई दुर्घटना हुदा ३२  जनाको ज्यान गएको प्रहरीको अनुमान रहेको छ । नेपालगंजबाट मुगु आउदै गरेको छाँयानाथ रारा यातायात प्रालीको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक मंगलबार दिउसो १ बजे छाँयानाथ रारा नगरपालिका—७ पिना गाँउको तपने खोलामा दुर्घटना भएको थियो । उक्त बसमा ४६ जना यात्रुहरु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साईड तिरको टायर पञ्चर भई बस अनियन्त्रि हुदा ५ सय मिटर तल खस्दा ३२ जनाको मृत्यु र १३ जना घाईते भएको प्रहरीले बताएकोे हो ।

दुर्घटना स्थल पिना गाँउमा रहेको प्रहरी चौकीबाट २ मिनेट टाढा भिारलो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकिको प्रहरी गस्ति घटना स्थल मुनी रहेको थियो । प्रहरी गस्तिले ठुलो आवाजमा पड्केको सुन्न बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अबस्था हेर्दा चालक तिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पञ्चरहुदा मोडमा बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिएको हुन ।

मंलबार दुर्घटना भई मृत्यु र घाईते हुने दशै बिदामा घर आएका काठमाडौ लगाएत अन्य शहरका कलेजमा अध्यन गर्ने अधिकांस बिद्यार्थी लगाएत अन्य ब्यक्ति रहेका छन मृत्यु हुनेमा १८ पुरुष ८ महिला र दुई नबालक रहेका छन भने ४ जनाको सनाखत हुन बाँकी रहेको छ ।प्रहरीले दिएको जानकारी अनुसार घटना स्थलमै मृत्यु हनेमा छाँयानाथ रारा नगरपालिका—७ कि बर्ष १९ बर्षिया लग्न सेजुवाल नाम नखुलेको सेजुवालको २ बर्षको छोरा सोही वडाकी अन्दाजी २० बर्षिया मनदेबी बम सोही नगरपालिका—१० की १८ बर्षिया पुजा बुढा सोही नगरपालिका—८ का ३३ बर्षिया प्यारी बिक सोही वडाका २२ बर्षिया सन्तोस बिटालु सोही नगरपालिका—१२ का २२ बर्षिया छारा सावत सोही नगरपालिका— का अन्दाजी ३५ बर्षिय बस चालक दानबहादुर रावल सोही नगरपालिका—१० कि २० बर्षिया सरिता खड्का १४ का २२ बर्षिया कर्णसिह बुढा, १ की २३ बर्षिया चन्द्रादेबी मल्ल,६ की रामामाया भाम सोही वडाका १८ बर्षिय उम्मर सावद, ११ का २२ बर्षिय प्रकाश बुढा,५ का २९ बर्षिय अजय कार्की, साही वडाकी ३२ बर्षिय कमला बिसी १० का २२ बर्षिय सुनबहादुर बिक १४ का शिब बुढा, ७ का २१ बर्षिय अमृता शाही राना र उनका अन्दाजी ५ बर्षका आयुश राना १४ का २० बर्षिय रुपसिंह कार्की ७ का २२ बर्षिय महेन्दशाही सोरु गााउपालिका—३ का मनरुप कुमाई, रहेका छन । बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने बषर््ा २२ का प्रदिप स्वरणकार रहेका छन ।

उपचारका क्रममा नेपालगंज नरर्शिहोममा लगिएका छाँयानाथ रारा नगरपालिका—४ का १८ बर्षिय चन्द्रप्रकास भाम सोही नगरपालिका—७ का उमेर नखुलेका आदित्य बिक्रम शाहा शिक्षण अस्पातल कोहलपुरमा लगिएका सोरु गाँउपालिका—८ का २३ बर्षिय आईतसिंह कामी र छाँयानाथ रारा नगरपालिका—८ का २८ बर्षिय टोपबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते हुनेहरुमा छाँयानाथ रारा नगरपालिका— ५ का अन्दाजी ३५ बर्षिय प्रेम बहादुर रावल सोही नगरपालिका—१ का २१ बर्षिय शुक्रराज मल्ल ,८ का २१ बर्षिय रतनसिंह रावल ७ का १८ बर्षिय शैलिन्द्र शाही सोही वडाका २१ बर्षिय गणेश बहादुर रावल, १ कि ९ बर्षिया सुस्मिता शाही, ८ कि २० बर्षिया सम्झना रावल, ११ की ३१ बर्षिया रेखा सावद ५ का लक्ष्मिचन्द्रा रावल १४ कि दन्ता बुढाको शिक्षण अस्ताल कोहलपुरमा उपचार भईरहेको छ । नर्सिंहोम नेपालगंजमा छाँयानाथ रारा नगरपालिका—१३ कि ७ बर्षिय शुजता बम,११ हर्ष बहादुर सावद र जिल्ला अस्पताल मुगुमा छाँयानाथ रारा नगरपालिका—३ कि ६ बर्षिया भुमिका बुढाको उपचार भईरहेको छ ।मृतकहरुको जिल्ला अस्पातलमा सनाखत भई पोष्टमार्टम पछी दाहसंस्कारका लागी घरपरिवारलाई लास जिम्मा लगाईने तयारी भईरहेको प्रनाउ भट्टराईले बताउनु भयो ।

फोटो क्याप्शन : मृतकहरुको सनाखतका लागी जिल्ला अस्पताल मुगुमा जम्मा भएका आफन्तहरु । फोटो नूपेन्द्र बहादुर मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर