सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : लक्ष्मणलाल कर्ण — OSNepal

सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : लक्ष्मणलाल कर्ण

LC (KTM) October 18, 2021 0

काठमाडौं १ कात्तिक । आफ्नो माग पुरा नभए लोकतान्त्रिक समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले आफुहरुले राखेको संविधान संशोधन,बन्दीको रिहाइलगायतको माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएका हुन् ।

आज सोमबार बिहान एक कार्यक्रममा सहभागी भएका नेता कर्णले यस्तो जानकारी दिएका हुन् । ‘सरकारले बन्दी रिहाइ, नागरिकताका लागि संविधान संशोधन लगायत हाम्रा माग पूरा गर्छु भनेकाले समर्थन दिएका हौं’ । उनले कार्यक्रममा अघि भने , तर हाम्रा माग पूरा गरेन भने समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं ।’

आफुहरु पहिलेको जस्तै भएको भन्दै उनले आफुहरु कमजोर नभएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर