अचानक बिरामी परेपछि अस्पताल भर्ना भइन् बेलायती महारानी एलिजाबेथ — OSNepal

अचानक बिरामी परेपछि अस्पताल भर्ना भइन् बेलायती महारानी एलिजाबेथ

LC (KTM) October 22, 2021 0

लण्डन, ५ कात्तिक-बेलायती महारानी एलिजाबेथ अस्पतालमा एक रात बिताएर काममा फर्केकी छन् । महारानीको स्वास्थ्यमा समस्या देखिएपछि उत्तरी आयरल्याण्डको लागि तय गरिएका भ्रमण रद्द गरेपछि बुधबार राति अस्पतालमा भर्ना भएकी थिइन् ।

९५ वर्षिया महारानीको लण्डनस्थित निजी किङ एडर्व सातौं अस्पतालमा उपचार भएको थियो । उनी विगत ८ वर्षपछि पहिलो पटक अस्पतालमा भर्ना भएकी थिइन् ।

उनीले बिहीबार खाजाको समयपछि महारानीको कार्यालय विन्डसर क्यासल फर्किए काम गरेकी थिइन् । उनको उपचार कोडिभ-१९ सँग सम्बन्धीत नभएको स्थानिय मिडियाले जनाएका छन् ।

चिकित्सकले उनलाई एक साता आराम गर्न सल्लाह दिइएका छन् ।महारानीले मंगलबार साँझ विन्सर क्यासलमा आयोजिक एक कार्यक्रममा प्रिन्स चाल्र्स, प्रिन्स विलियम र प्रधानमन्त्री बोरिस जोन्सन, बिल गेट्स र अमेरिकी जलवायु दूत जोन केरीसँग भेट गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर