जुम्ल्याहा बच्चा जन्माएकी यि महिलाले दोस्रो पटक जन्माइन् एकसाथ ७ वच्चा — OSNepal

जुम्ल्याहा बच्चा जन्माएकी यि महिलाले दोस्रो पटक जन्माइन् एकसाथ ७ वच्चा

LC (KTM) October 22, 2021 0

काठमाडौं । हिजोआज गर्भनिरोधक औषधीको सेवन अत्यधिक मात्रामा बढ्दो छ । जती मात्रामा गर्भनिरोधक औषधीको सेवन बढ्दो छ त्यति नै गर्भ राख्ने औषधिको प्रयोग गर्नेहरु पनि बढीरहेका छन् ।दुवैका आ आफ्ै फाइदा र बेफाइदाहश्र छन् । पाकिस्तानको खैबर पख्नुन्ख्वास्थित एबटावाद सहरमा गर्भ राख्ने औषधि सेवन गर्दा एक जोडीले एकसाथ ७ वटा बच्चा जन्माएका छन् ।

गर्भवती पत्निको स्वास्थ्य अवस्था बिग्रिर्दै गएपछि चेकजाँच गराउन अस्पताल जाँदा यार मोहम्मद दम्पत्तिलाई चिकित्सकले अपत्यारिलो खबर सुनाएपछि दुवै दंग परे । यसअघि नै २ सन्तानका बाबु आमा यार मोहम्मद दम्पत्तिका एकैसाथ ७ बच्चा जन्मिएपछि अहिले उनीहरुका ९ सन्तान रहेका छन् ।

सअघिका दुईवटा छोरीहरु शल्यक्रिया गरेर जन्माएकी पत्निको टाँका तथा गर्भाशय फुटेर आमा र बच्चाको ज्यानै जाने जोखिम हुने चिकित्सकले बताएसँगै उनको आकस्मिक शल्यक्रिया गरिएको बताइएको छ ।

१ घण्टा शल्यक्रिया गरेर बच्चा बाहिर निकालिएको समाचारमा जनाइएको छ । समाचारमा जनाइए अनुसार गर्भाधारण गर्नका लागि औषधिको सेवन गर्नाले यसरी ठूलो संख्यामा एकसाथ गर्भ रहन पुगेको हो । औषधिका कारण एकसाथ एकभन्दा धेरै डिम्बहरु पाक्ने हुनाले जुम्ल्याहा वा त्यो भन्दा धेरै संख्यामा बच्चाको भ्रूण बन्ने भएका कारण एकसाथ यति धेरै बच्चा बसेको चिकित्सकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर