चीनबाट थप १० लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुग्यो — OSNepal

चीनबाट थप १० लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुग्यो

LC (KTM) October 27, 2021 0

काठमाडौं, १० कात्तिक – कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर