भक्तपुर । भक्तपुर कप फुटवल प्रतियोगिताका लागि आयोजकले महेश्वरी खेल मैदान सफा पारेका छन् । खेल हुने भक्तपुर नगरपालिका वडा नं ७ महेश्वरीस्थित महेश्वरी खेल मैदानको सफाई गरेका हुन् । भक्तपुरकै पुरानो भक्तपुर युवा टिमको आयोजनामा भक्तपुरमा ११ ए साइड खुला भक्तपुर कप फुटवल प्रतियोगिता आगामी माघ १४ गतेदेखि २२ गतेसम्म हुने भएको हो । यसैका लागि आयोजक युवा टिमका सदस्यहरुले सफाई गरेका हुन् ।
टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगिताको तयारीस्वरु मैदानको सरसफाई गरेको जनाए । युवाहरुका साथै डोजरको सहायताले खेल मैदानको सफाई गरेको उनले जनाए । प्रतियोगिताका लागि नाम दर्ता गराउने अन्तिम मिति माघ ७ गते रहेको छ । महेश्वरी खेल मैदान भक्तपुरको एउटै मात्रै फुटवल खेल मैदान हो ।
प्रतियोगिताका संयोजक सञ्जीव कवाले प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट पनि प्रतिनिधित्व हुने निश्चित भएको बताए । उनका अनुसार प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुरसहित काभ्रेपलान्चोक गरी कुल १६ वटा टिमहरुले सहभागिता देखाउने बताए ।
मित्रता अनुशाशन र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ भक्तपुर युवा टिमको स्थापना २०५० सालमा भएको थियो । भक्तपुर नगरपालिका वडा नं ७ मा स्थापित यो टिमले विभिन्न राष्टिय एवं अन्तर्राष्टिय खेलाडीहरु उत्पादन गर्न सफल भएको छ । यस टिमले यसअघि पनि विभिन्न प्रतियोगिताहरु सफलतापूर्वक गर्न सफल भएको थियो । भकम्पपछि सुस्त भएको यो टिम अहिले फेरि जुर्मुराउन थालेको हो ।…