ललितपुरमा भागवण्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनकाे निर्णय — OSNepal

ललितपुरमा भागवण्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनकाे निर्णय

LC (KTM) April 17, 2022 0

ललितपुर, ४ वैशाख-ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति पाँच दलीय गठबन्धनमा जुटेको छ ।

कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी छ । उनले भने, ‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ ।’

निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमती नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ । ‘हामी आन्तरिक तयारी गरिरहेका छौं । परिआए एक्लाएक्लै लड्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।
उनका अनुसार महालक्ष्मी र माहाँकाल गाँउपालिकामा एकीकृत समाजवादीले दावी गरे पनि सहमति भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर