पीएसजीका चर्चित खेलाडीहरु मेस्सी, नेयमार र एम्बाप्पे सहित सर्जियो रामोस र मार्किन्होस जापानको भ्रमण गर्ने — OSNepal

पीएसजीका चर्चित खेलाडीहरु मेस्सी, नेयमार र एम्बाप्पे सहित सर्जियो रामोस र मार्किन्होस जापानको भ्रमण गर्ने

LC (KTM) May 26, 2022 0

काठमाडौं, १२ जेठ :

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ड जर्मेन (पीएसजी)ले एसियाली मुलुक जापान भ्रमण गर्ने भएको छ ।

बिहीबार क्लबले समरमा जापान भ्रमण गर्ने बताएको हो ।

पीएसजीले आफ्नो पहिलो टिम नै जापान भ्रमण गर्ने बताएको छ । उसले २०२२–२३ सिजन अघि आफ्ना फ्यानसँग भेट गर्न भ्रमण हुने जानकारी गराएको छ ।

पीएसजीले आफ्नो पहिलो टिमका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे सहित सर्जियो रामोस र मार्किन्होस टिमसँगै रहने संकेत गरेको छ ।

यस सिजन क्लबले ३८ खेलमा ८६ अंक जोड्दै फ्रेन्च लिगको उपाधि जितेको थियो । यद्यपि क्लब च्याम्पियन्स लिगमा भने सेमिफाइनलाबाटै बाहिरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर