आईसीसीले हटायो क्यानमाथि लागेको सबै प्रतिबन्ध — OSNepal

आईसीसीले हटायो क्यानमाथि लागेको सबै प्रतिबन्ध

LC (KTM) June 14, 2022 0

काठमाडौं ३१ जेठ । कन्ट्रोल फन्डिङमा रहेको नेपाललाई अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले उक्त प्रतिबन्धबाट हटाएको छ । योसँगै अब नेपालमाथि लागेको सबै खालका नियन्त्रण फुक्का भएको छ ।

परिषद्ले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाए सँगै अब नेपालले एक दिवसीय मान्यता प्राप्त अन्य देशले गरे सरहको गतिविध गर्न पाउने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।

यस अघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखिएको थियो ।आज मंगलबार क्यानले एक विज्ञप्ति जारी गर्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेको जानकारी गराएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर