जनकपुर २१ असार । आलुको बोराभित्र लुकाएको अवस्थामा ८३ लाख रुपैयाँ बरामत भएको छ ।
मंगलबार ज७प५००७ नम्बरको मोटरसाइकलमा बोरामा राखेर श्रोत नखुलेको रकम ल्याउँदै गर्दा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जनकपुर जिल्लाको जनकनन्दनी गाउँपालिका–५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डल रहेका छन् ।
सशस्त्र प्रहरीको राजश्व गस्ती टोलीले आलुको बोराभित्र लुकाएर नेपाल ल्याउन लागिएको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको हो ।