विचार मिल्ने वामपन्थी पार्टीहरूका बीचमा सहकार्य गर्ने भन्दै हिडेका प्रचण्ड भन्छन् - अहिलेकै गठबन्धनलाई निरन्तरता पाउँछ — OSNepal

विचार मिल्ने वामपन्थी पार्टीहरूका बीचमा सहकार्य गर्ने भन्दै हिडेका प्रचण्ड भन्छन् – अहिलेकै गठबन्धनलाई निरन्तरता पाउँछ

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन सम्म गठवन्धनले निरन्तरता पाउने बताएका छन् ।

बिहिबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनसम्म यही गठबन्धन अघि बढ्ने बताएका हुन् ।

विचार मिल्ने वामपन्थी पार्टीहरूका बीचमा समेत सहकार्यका लागि प्रयास भइरहेको बताएका उनले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पनि बताएका हुन् ।

पार्टीको संगठनात्मक कामलाई कसरी अघि बढाउने विषयमा बैठकमा मुख्य एजेण्डा भएको बताएका प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफिङ भएको बताए ।

अब पार्टीको स्थायी कमिटी बैठक शुक्रबार बिहान ८ बजे बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर