बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा भएको अवरोध हट्यो — OSNepal

बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा भएको अवरोध हट्यो

LC (KTM) August 19, 2022 0

काठमाडौं ३ भदौ । अन्तत बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा भएको अवरोध हटेको छ । अब काठमाडौं उपत्यकाको सबे फोहोर उठ्न एक हप्ता लाग्ने भएको छ ।

सत्तारुढ दलका स्थानीय नेतृत्वले आन्दोलन फिर्ता लिएपछि फोहोर व्यवस्थापनमा सहज भएको हो । आज बिहानै १६२ वटा ट्रकले फोहोर विर्सजन गरिसकेको छ ।

स्यानिटरी ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले दिएको जानकारी अनुसार बिहानैदेखि फोहोरका ट्रक अनलोड भइरहेका छन् ।

पहिलो काठमाडौं उपत्यकाका सडक किनारा , नदी , खोलामा थुप्रिएको फोहोर उठाइने छ भने त्यस पछि घर भित्रका फोहोर उठाइने श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर