लुम्बिनीमा पुस १६ गते नवौँ सडक खाना महोत्सव हुने — OSNepal

लुम्बिनीमा पुस १६ गते नवौँ सडक खाना महोत्सव हुने

LC (KTM) December 22, 2022 0

लुम्बिनी-लुम्बिनीमा यही पुस १६ गते नवौँ सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल सङ्घ नेपालको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुँदैछ ।महोत्सबबारे जानकारी दिने उद्देश्यले लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले महोत्सवमा स्थानीय खानपिनका परिकारका साथै लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरूको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, कम्बोडिया, म्यानमार, श्रीलङ्का आदि देशका परिकार पनि सामेल गराउने जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीय थारू समुदाय मुस्लिम समुदाय पश्चिमी तराईका ब्राह्मण समुदाय आदिका खानपिनका साथै पाल्पाको झिनिया रोटी, बटुक हासको छोइला, चुकौनी, इम्रितीलगायतका खानेकुरा सडक खाना महोत्सवमा रहने उहाँले बताउनुभयो । महोत्सवमा नौमती पञ्चेबाजा, विरहा, थारू झुमराका साथै आधुनिक पप÷डिजे गीत–सङ्गीतको व्यवस्थासमेत मिलाइएको छ ।

लुम्बिनी होटल सङ्घ नेपाल प्रमुख आयोजक भए पनि महोत्सव आयोजनामा पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन डिभिजन कार्यालय, रूपन्देही, लुम्बिनी विकास कोष, लुम्बिनी पर्यटन विकास परिषद्, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ र होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्गठन रुपन्देहीलगायतका सङ्घसंस्था र निकायसमेतले आयोजकका रूपमा सहयोग गरेको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

लुम्बिनी होटल सङ्घ नेपालले होटल कोठामा ३० प्रतिशत छुटमा उपलब्ध गराउने सङ्घमा वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताउनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर