नेपालगञ्ज- ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एकजनाको मृत्यु भएको छ ।नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना७ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यस्तै कैलाली, गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित सडकमा सु.प.प्र ०२००१ ज ४०६ नम्बरको हाईस गाडी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार हाल वतन नखुलेका ७३ वर्षीय कर्मा प्याकुरेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीका चालक सहित ६ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।