इँटाभट्टाको पानी जमेको खाल्डोमा डुबेर ७ वर्षीया मनिषाको गयो ज्या न — OSNepal

इँटाभट्टाको पानी जमेको खाल्डोमा डुबेर ७ वर्षीया मनिषाको गयो ज्या न

LC (KTM) July 05, 2021 0

बारा-कलैया उपमहानगरपालिका(१० मटिअर्वास्थित इँटाभट्टाको पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने शर्मा रामकी छोरी ७ वर्षीया मनिषा कुमारी रामको आइतबार दिउँसो मृत्यु भएको छ । उक्त खाल्डोमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको एनएमसी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै सुनसरी, कोशी गाउँपालिका(५ कुम्याई बस्ने अजल मियाँको छोरा ९ वर्षीय ईर्फान मियाँको डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । ईर्फान र सोही ठाउ बस्ने नुरुल हुद्दा मियाँको छोरा ७ वर्षीय मुर्सलिन मियाँ सोही गाउँपालिका(५ वडा कार्यालय नजिक बाटो साईडको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा डुबेर घाइते भएका ईर्फानको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मुर्सलिन सोही अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यसै
गरी मकवानपुर, राक्सिराङ्ग गाउँपालिका(९ मरुवा डाँडा बस्ने ५७ वर्षीय बिर बहादुर प्रजाको सोही ठाउँस्थित गोराङ्दी खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डनटारबाट आफ्नो घरमा फर्कने क्रममा गोराङ्दी खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही खोलाको बगरमा शव फेला परेका हो ।
सर्लाही, कौडेना नगरपालिका(५ छपकैया टोल बस्ने रामबाबु रायकी छोरी ५ वर्षीया गुड्डी कुमारी रायको डुबेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छेउमा रहेको राम मन्दिरको पोखरीमा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

यसैगरी सर्लाही, ईश्वरपुर नगरपालिका(१३ बाँके खोलामा डुबेर सोही ठाउँ बस्ने ४५ बर्षीय रामचन्द्र महतोको आइतबार राति मृत्यु भएको छ । रामचन्द्र र उनकै श्रीमती ४० वर्षीया रहन्ती देवी महतो कान्ति बजारबाट चटपटे बेची संगै घर फर्किने क्रममा उक्त खोला तर्ने क्रममा रामचन्द्रलाई खोलाले बगाएको र देवी बीचमा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केशरगंज र प्रहरी चौकी गौरीशंकरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा देवीको सकुशल उद्धार गरिएको हो । साथै रामचन्द्रको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ५ सय मिटरटाढा उनको शव फेला पारेको हो ।

रुपन्देही, माँयादेवी गाउँपालिका(२ अमुवागाँउ बस्ने क्रिपाल कोहारको छोरा १२ वर्षीय कृष्ण कहारको डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरदेखि करिब ७ सय मिटर टाढा कोहोलिहवा नालामा डुबेर उनको मृत्यु भएको हो ।दाङ, घोराही उपमहानगरपालिका(१९ घोरधैरा बस्ने ५० वर्षीया हुमा खड्काको आइतबार दिउँसो डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित अरुण खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ३ सय मिटर टाढा उनको शव फेला परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर