काठमाडौं २५ असार । संरक्षित वन्यजन्तुको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाँउपालिका–५ नागदह घर भइ हाल भक्तपुर पुरानोठिमी बस्ने वर्ष २६ को हित बहादुर मगर रहेका छन्।
निजहरुलाई काठमाडौंको वौद्ध पिपलबोटबाट विषेश सुचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले पक्राउ गरेको हो । निजहरुबाट प्रहरीले संरक्षित वन्यजन्तुको आखेटोपहार १ थान र सालकको छाला सहितको खपटा भएको आखेटोपहार थान–१ बरामद गरेको छ ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विषेश सुचनाको आधारमा निजहरुलाई प्रहरीले पक्राय गरेको हो ।
निजहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार उक्त कसूरमा पाँच वर्षदेखि १५ वर्ष कैद तथा पाँच लाख रुपैँया देखि १० लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।