चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व — OSNepal

चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व

LC (KTM) September 27, 2021 0

चितवन, ११ असोज- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ ।आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पराजित गर्नुभएको हो । चित्रसेनले ६४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याउनुभएको छ ।

यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ६६१ र ५५६ मत ल्याई विजयी हुनुभएको हो । सचिवमा कृष्ण बगाले र प्रनिसा गुरुङ विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ४५६ र ५६४ मत ल्याउनुभएको थियो ।

सहसचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ५१३ र ४२० मत ल्याएर विजयी बन्नुभएको हो । रत्ननगर नगरपालिकाको कांग्रेस सभापतिमा प्रह्लाद सापकोटा विजयी बन्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी रुपनराज घिमिरेलाई ७८ मत अन्तरले पराजित गर्नुभएको हो । सापकोटाले २४६ मत ल्याउँदा घिमिरेले १६७ मत प्राप्त गर्नुभयो । उपसभापति अपिल अधिकारी र कमला अधिकारी, सचिवमा अनिता अधिकारी र तीर्थराज सुवेदी, सहसचिवमा अमृत मल्ल र रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

पूर्वी चितवनको कालिका नगरपालिकामा दिपेश्वर केसी विजयी हुनुभएको छ । केसीले आफ्ना निकटतम् प्रतिस्पर्धी लीलाबहादुर गुरुङलाई १० मत अन्तरले पराजित गर्नुभएको हो । उहाँले ११२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी लीलाबहादुर गुरुङले १०२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपसभापतिमा चेतबहादुर गुरुङ र जेएन महतो विजयी हुनुभएको छ । सचिवमा राजन रेग्मी र फडिन्द्र लामिछाने, सहसचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी हुनुभएको छ । राप्ती नगरपालिकामा भएको निर्वाचनमा देवेन्द्र लामा विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धीलाई ४० मत अन्तरले पराजित गर्नुभएको हो । लामाले १२७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नारायण उप्रेतीले ८७ मत ल्याउनुभएको छ । राप्तीको उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे विजयी हुनुभएको छ । सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल विजयी हुनुभएको छ । सहसचिवमा मनोज तामाङ र तारामाया प्रजा विजयी हुनुभएको छ ।

खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी हुनुभएको छ । मत परिणामअनुसार उहाँको प्रतिस्पर्धी शशी खनियाँलाई पराजीत गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले १४५ मत ल्याएर विजयी हुँदै गर्दा खनियाँले १४२ मत ल्याउनुभएको छ ।

माडी नगरपालिकामा पुनःकोमलनाथ भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा भुसालले आफ्ना निकटतम प्रतिस्पर्धी खेम महतोलाई तीन मत अन्तरले पराजित गर्नुभएको हो । माडीको उपसभापतिमा गणेश पौडेल र मायाराम अधिकारी, सचिवमा अपिल अधिकारी र लोकनाथ लामिछाने, सहसचिवमा इन्द्र चापागाईं र दिक्षा भट्टराई विजयी हुनुभएको छ ।

जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी विष्णुकुमार कुँवरलाई चार मतान्तरले पराजीत गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । खसेको कूल मतमध्ये ६६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । कुँवरले ६२ मत प्राप्त गर्नुभएको छ । उपसभापतिमा देवलाल गुरुङ र दिपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ, सहसचिवमा उत्तमकुमार गुरुङ र सुधीर अधिकारी निर्वाचत हुनुभएको छ । जिल्लाका सातै पालिकामा मतदानद्वारा नेतृत्व चयन गरिएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर