२२ असोजदेखि छोरासहित बेपत्ता ३१ वर्षीया संगीता अझै फेला परिनन्, परिवारमा रुवाबासी — OSNepal

२२ असोजदेखि छोरासहित बेपत्ता ३१ वर्षीया संगीता अझै फेला परिनन्, परिवारमा रुवाबासी

LC (KTM) October 18, 2021 0

बुटवल । रुपन्देहीमा ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् । २२ असोजदेखि बेपत्ता उनी घर र माइतीको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका(५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कबिहीन भएको उनका श्रीमान खडानन्द गैरे ९देउती० ले बताए् ।

“सानीआमाको घरबाट केही नभनी निस्केर हिंडेकी थिइन्, ९ दिनसम्म पनि घरमा आएकी छैनन्ु, उनले भने । आफन्तहरू सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको संगीताका श्रीमान खडानन्दे बताए ।

एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोबाइल पनि स्वीच अफ गरेको जानकारी दिँदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरे ।

आफू वैदेशिक रोजगारीको सिलसिलामा भियतनाममा रहेको र एक महिनाअगाडि मात्रै घरमा आएको उनले जानकारी दिए । संगीता विगत सातरआठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर