द्वन्द्वका बीच १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे — OSNepal

द्वन्द्वका बीच १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे

LC (KTM) June 04, 2022 0

कीभ, २१ जेठ,-संयुक्त राष्ट्रसंघले रुस-युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ । सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आकँडा सार्वजनिक गरेको हो । युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन्।

द्वन्द्वले १ करोड ५७ लाख युक्रेनीहरूलाई मानवीय सहयोगको खाँचो परेको छ जसमध्ये केही पानी र बिजुलीको पहुँचको समेत अभावमा छन् । गत फेब्रुअरी २४ मा द्वन्द्व शुरु भएदेखि संयुक्त राष्ट्रसंघले देशको पूर्वमा घेरा हालेका शहरहरू सहित युक्रेनभरि लगभग ८ लाख मानिसहरूलाई तत्काल मानवीय सहायता उपलब्ध गराएको संयुक्त राष्ट्रका अधिकारीले बताएका छन् ।संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सङ्कट जाडो याममा अझ चर्किने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर