एकै परिवारका ५ जनाको कुटाइबाट ३० वर्षीय महेशको मृत्यु, पाँचै जना नियन्त्रणमा — OSNepal

एकै परिवारका ५ जनाको कुटाइबाट ३० वर्षीय महेशको मृत्यु, पाँचै जना नियन्त्रणमा

LC (KTM) July 13, 2022 0

रूपन्देही, २९ असार :

गैडहवा गाउँपालिका(१ पश्चिस बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भर समेत एकै परिवारका ५ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।

आर्थिक लेनदेनको बिषयलाई लिएर कुटपिट हुँदा महेश भर र निजकी श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।

कुटपिटबाट घाइते भएका महेशको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर