उपचारका लागि लगिएका साना भाईलाई अस्पतालले मृत घोषित गरेपछि भक्कानिए ८ वर्षका दाजु — OSNepal

उपचारका लागि लगिएका साना भाईलाई अस्पतालले मृत घोषित गरेपछि भक्कानिए ८ वर्षका दाजु

LC (KTM) September 20, 2022 0

एजेन्सी :

८ वर्षीय बालक जसले भाइको शव बोकेर सडकमा गाडी पर्खिरहेको एक तस्विर भाइरल बनेको छ । भाइरल तस्विरले धेरैलाई भाबुक बनाएको छ । यो दुखद घटना हो भारत मध्य प्रदेशको मोरेनाको ।

मोरेनाको एक गाउँका आठ वर्षीय बालक गुलशन र उनका दुई वर्षीय मृत भाइले धेरैलाई साच्चै रुवाएको छ । दुई वर्षीय बालकको अस्पतालमा निधन भएपछि उनका बुवा पूजाराम जाटवले छोरालाई अस्पतालबाट गाउँ लैजान गाडीको कुरा गर्दा अस्पतालका कर्मचारीले मान्दैनन्।

कुनैपनि सवारी साधन नभएको भन्दै बाहिरबाटै मिलाउन सकिने अस्पतालले निर्देशन दिन्छ सोही बेला एम्बुलेन्ससँग कुरा गर्दा एम्बुलेन्सले १५ सय रुपैयाँ माग्छ तर कम पैसामा घरसम्म जान नमानेपछि र ती बुवाले आफ्नो कान्छो छोराको शव आफ्नो आठ वर्षीय जेठा छोरा गुलशनको काखमा थामाएर नेहरु पार्कमा राखेर आफू सस्तो गाडीमा गएको बेला ८ वर्षीय बालक जसले भाइको शव बोकेको तस्विर भिडियो कसैले खिचिदिए पछि भाइरल बनेको हो ।

यो घटनाको भिडियो भाइरल भएपछि राज्यको विपक्षी दल कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीमाथि आलोचना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर