त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भएको घटना छानबिन गर्न समिति गठन — OSNepal

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भएको घटना छानबिन गर्न समिति गठन

LC (KTM) January 26, 2024 0

काठमाडौँ,-गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

आज दिउँसो भएको उक्त घटनाका सम्बन्धमा छानबिन गर्नका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला तथा सीमा तथा अध्ययागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेको समिति गठन भएको हो । समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न कार्यादेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर