मलालाले गरिन् आसिरसँग विवाह, हेर्नुहोस् यि दृश्यहरु — OSNepal

मलालाले गरिन् आसिरसँग विवाह, हेर्नुहोस् यि दृश्यहरु

LC (KTM) November 10, 2021 0

काठमाडौँ । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले २४ वर्षको उमेरमा विबाह गरेकी छिन् ।

मलालाले बेलायतको नयाँ घरमा आफ्नो परिवारलाई साक्षी राखेर मंगलबार आसिरसँग वैवाहिक सम्बन्ध गाँसेको घोषणा गरेकी छन्। ट्वीटरमा आफ्नो वैबाहिक समारोहका तस्विरहरु पोस्ट गर्दै मलालाले लेखेकी छिन् ुआजको दिन मेरो जिन्दगीको अमूल्य दिन हो।

आसिर र म आजबाट जीवनसाथीका रूपमा जिन्दगी बिताउँदैछौं। हामीले बर्मिङ्घमस्थित घरमा परिवारका सदस्यहरूमाझ सानो निकाह आयोजना गर्यौं। हामीलाई तपाईंहरूको शुभकामनाको खाँचो छ। जिन्दगीको आगामी यात्रा सँगसँगै हिँड्न लागेकामा हामी उत्साहित छौं।ु

पाकिस्तानकी मलालालाई सन् २०१२ मा बालिकाहरूको शिक्षा पाउने हकबारे आफ्ना धारणाहरु राखेको भन्दै तालिबान आतंकवादीहरूले गोली हाने लगत्तै उनी परिवारसहित बेलायतमा बस्न थालेकी हुन् । तस्बिरस् मलालाको ट्वीटरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर