अमेरिकाको पाँच राज्यमा ओमिक्रोन भेरियन्ट पुष्टि, राष्ट्रपति बाइडेनबाट यात्रासम्बन्धी कडा नियमहरू घोषणा — OSNepal

अमेरिकाको पाँच राज्यमा ओमिक्रोन भेरियन्ट पुष्टि, राष्ट्रपति बाइडेनबाट यात्रासम्बन्धी कडा नियमहरू घोषणा

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अमेरिकाको पाँच राज्यमा फैलिसकेको छ ।

अमेरिकी सञ्चार माध्यले दिएको जानकारी अनुसार अमेरिकाको क्यालिफोर्निया, हवाइ, मिनेसोटा, न्युयोर्क र कोरोराडोमा ओमिक्रोन भेरियन्ट फेला परेको हा ।

अहिले सम्म १० जनामा उक्त भेरियन्ट पुष्टि भएको साथै संक्रमितहरुको अवस्थामा अहिले सामान्य रहेको पनि बताइएको छ ।

देशमा ओमीक्रोन फैलिएसँगै राष्टपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरू घोषणा गरेका छन् ।

जसमा विदेशी यात्रुले अमेरिका प्रवेश गर्नुभन्दा २४ घण्टा अगाडि अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने नियम जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर