काठमाण्डौ सहित केही जिल्लाका पक्षीमा पनि रानीखेत लगायत सङ्क्रमणका नयाँ भेरियन्ट देखिएपछि अनुसन्धान सुरु — OSNepal

काठमाण्डौ सहित केही जिल्लाका पक्षीमा पनि रानीखेत लगायत सङ्क्रमणका नयाँ भेरियन्ट देखिएपछि अनुसन्धान सुरु

LC (KTM) May 30, 2021 0

काठमाण्डौ – पक्षीमा रानीखेत, बर्डफ्लुलगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिन थालेको छ ।पछिल्लो समय रानीखेतका नयाँ भेरियन्टहरु देखिएकाले भ्याक्सिन लगाउँदासमेत सङ्क्रमण नियन्त्रणमा नआएको बताइएको छ । अहिले नयाँ भेरियन्टबारे थप अनुसन्धान गर्न विभागका उपमहानिर्देशक डाक्टर रामनन्दन तिवारीको नेतृत्वमा समिति बनाएर काम भइरहेको छ ।

पशुसेवा विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालका अनुसारनिजी क्षेत्रले नयाँ भेरियन्ट पुष्टि गरिसकेको तर नार्कले यसबारे थप अनुसन्धान गरिरहेकाले नार्कको अध्ययनपछि मात्रै आफूहरुले नयाँ भेरियन्टबारे भन्न सकिने छ ।

अहिले सबैभन्दा धेरै रानीखेतको सङ्क्रमणको समस्या रहेको छ । केही दिनअघि मात्रै काठमाण्डौको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो।काठमाण्डौलगायत अरु जिल्लाहरुमा पनि रानीखेतका नयाँ भेरियन्टहरु देखा परेकाले यसबारे अनुसन्धान गर्न टोली खटिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर