नेता खाँण भन्छन्–जनताको दुःख–सुखमा साथै छौं — OSNepal

नेता खाँण भन्छन्–जनताको दुःख–सुखमा साथै छौं

LC (KTM) February 10, 2022 0

भैरहवा, २७ माघ-सिद्धार्थनगरका वृद्धवृृद्धा तथा निम्न आय भएका नागरिकलाई नेपाली कांग्रेस सिद्धार्थ नगर–८ ले कम्बल बितरण गरेको छ । कम्बल बाढ्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले कांग्रेस सधैँ जनताको सुख–दुःखमा साथै रहने पनि बताए ।

उनले जनताको सेवानै कांग्रेसको मुख्य उदेश्य रहेको भन्दै कार्यकर्तालाई सामाजिक काममा केन्द्रित रहन आग्रह गरे । चोक र चिया पसलमा बसेर अर्काको कुरा काट्ने परिपाटीको अन्त्य गरी सबै नेता र कार्यकर्ता जनताको सुख दुःखमा पुग्नु पर्ने र जनताका समस्याको समाधान गर्नुपर्ने उनको जोड छ ।

कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिब लेखनाथ भट्टराई र नगर सह–सचिव आदर्श गुरुङले कम्बल हस्तान्तरण गरेका थिए । कार्यक्रममा ५० थान कम्बल वितरण गरिएको थियो । कार्यक्रममा, क्षेत्रीय सभापति सुशील गुरुङ, संविधान सभा सदस्य इस्तियाक अहमद खान, प्रदेश सभापति सुरेन्द्र जङ्ग थापा, नगर सभापति कोशिश खड्का, महासमिति सदस्य देवी चौधरीलगायतले कार्यक्रमको प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर