कांग्रेसले आफ्नो अस्तित्वको लागि चुनावमा एक्लै जानुपर्छ : शशांक कोइराला — OSNepal

कांग्रेसले आफ्नो अस्तित्वको लागि चुनावमा एक्लै जानुपर्छ : शशांक कोइराला

LC (KTM) February 10, 2022 0

काठमाडौं २६ माघ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा गठवन्धन नगर्ने बताएका छन् ।

आज पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता कोइरालाले चुनावमा कांग्रेसले गठवन्धन नगर्ने बताएका हुन् ।

पार्टीले आफ्नो अस्तित्वका लागि पनि गठबन्धन गर्न नहुने बताएका उनले भने , ‘कांग्रेसको आफ्नै अस्तित्व, पहिचान र संगठन भएकाले संगठनलाई मजबुत बनाउन पनि एक्लै जानुपर्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर