श्रीलंकाविरुद्धको पहिलो टी–ट्वान्टीमा अष्ट्रेलिया २० रनले बिजयी — OSNepal

श्रीलंकाविरुद्धको पहिलो टी–ट्वान्टीमा अष्ट्रेलिया २० रनले बिजयी

LC (KTM) February 12, 2022 0

आयोजक अष्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टी–ट्वान्टी खेल २० रनले जित्न सफल भएको छ । पाँच खेलको सिरिज अन्तर्गत सिड्नीमा भएको पहिलो खेल बर्षाका कारण प्रभासवत भएपछि अष्ट्रेलियाले डिएल मेथड अनुसार २० रनले जितेको हो ।

वर्षाका कारण प्रभावित भएको खेलमा १९ ओभरमा श्रीलंकाले १ सय ४३ रनको लक्ष्य पाएको थियो तर उसले ८ विकेट गुमाउदै केवल १ सय २२ रनको स्कोर बनाएको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले सर्वाधिक ३६ तथा दिनेश चन्डीमालले २६ रन बनाए । अष्ट्रेलियाका जोश ह्याजलउडले सर्वाधिक ४ तथा एडम जाम्पाले ३ विकेट लिए ।

प्याट कमिन्सले एक विकेट हात पारे । यस अघि २० ओभरमा अष्ट्रेलियाले ९ विकेट गुमाउदै १ सय ४९ रनको योगफल तयार पारेको थियो । उसका लागि बेन म्याकडर्मोटले सर्वाधिक ५३ रन जोड्दा मार्कस स्टोइनिसले ३० रनको योगदान गरे । श्रीलंकाका वानिन्डु सिल्भाले सर्वाधिक ३ विकेट लिए । दुस्मान्था चमिरा, विनुरा फर्नान्डो तथा चामिका कारुनारत्नेले समान दुई–दुई विकेट हात पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर