यस्ता छन् मधुमेह रोगीका लागि अम्बा खानुका विशेष फाइदा — OSNepal

यस्ता छन् मधुमेह रोगीका लागि अम्बा खानुका विशेष फाइदा

LC (KTM) February 12, 2022 0

अम्बा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा मानिन्छ । यसको सेवन प्राय मानिसहरुले गरेका हुन्छन् । अम्बाको स्वाद अमिलो र गुलियो हुन्छ । यो प्राय गाँउ घरमा पाइन्छ । अम्बा रुखमा फल्ने फल हो । यसको सेवन गर्दा हाम्रो शरीरलाई विभिन्न किसिमका फाइदा हुने गर्दछन् ।

अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ ।यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ ।दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सि को कमीलाई हटाउँछ ।फोलिक एसिड, विटामिन बी९९ले भरिएको अम्बा गर्भवती महिलाहरुका लागि लाभदायक हुन्छ ।

यसको सेवनले पेटको बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ ।गाजर जस्तै अम्बा पनि भिटामिन ए का लागी उत्तम मानिन्छ । पोषक तत्वले भरिएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन ए को कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ । मधुमेहका रोगीलाई अम्बाको पातबाट बनेको चिया फाइदाजनक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर