बालाजुमा दुई जना पैदलयात्रीलाई ठक्कर दिइ भाग्ने बसका चालक पक्राउ — OSNepal

बालाजुमा दुई जना पैदलयात्रीलाई ठक्कर दिइ भाग्ने बसका चालक पक्राउ

LC (KTM) February 18, 2022 0

काठमाडौं, ६ फागुन-काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल नजिक सडकमा बिहीबार बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने (हिट एण्ड रन) बसका चालकालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदिप थपलिया छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र काठमाडौं महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापाको मृत्यु भएको थियो ।

उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबेशीबाट पक्राउ गरिएको हो ।

बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौं रुटमा चल्ने बस सहित चालकलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको प्रहरीले जनाएको छ ।घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर