खोटाङमा ६७ वर्षीय वृद्धालाई कुकुरले दाहिने हातमा टोक्यो — OSNepal

खोटाङमा ६७ वर्षीय वृद्धालाई कुकुरले दाहिने हातमा टोक्यो

LC (KTM) February 25, 2022 0

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो ।

काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त सबैभन्दा बढी त्रसित छन् । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका(११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७र८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए ।

एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरे पनि टोकेको २०र२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको २८र२९ दिनतिर घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई टिचिङ अस्पताल पुर्‍याइएको थियो । टिचिङले टेकुमा रेफर गरे लगत्तै बिरामीको मृत्यु भएको हो । कुकुरले टोक्ने बित्तिकै दिइनुपर्ने खोप नपाउँदा बिरामीको मृत्यु भएको अस्पतालले जवाफ दिएको राई बताउँछन् ।

‘कुकुरले टोक्ने बित्तिकै रोकथामका लागि छुट्टै खोप दिइनुपथ्र्यो रे । त्यही भएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामी निको नभएको अस्पतालले जवाफ दिएको छ,’ राईले भने, ‘कमसेकम जिल्ला अस्पतालले यत्ति जानकारी दिएको भए पनि बिरामीलाई बचाउन सकिन्थ्यो । आफन्त गुमाउन पर्दैनथ्यो भन्ने हाम्रो बुझाई छ ।’ जिल्ला अस्पताल खोटाङका प्रमुख डा। वैभव मल्लिकले भने बिरामीलाई ढिलोगरी अस्पताल पुर्‍याएकाले एन्टी रेबिज भ्याक्सिनले काम नगरेको हुनसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर