ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गरे : भट्टराई — OSNepal

ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गरे : भट्टराई

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद्‌ अध्यक्ष डा.बाबुराम भट्टराईले कुनै पनि संकट नयॉ सम्भावना लिएर आउॅने भएकाले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरोधी संयुक्त संघर्षले नयॉ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्ने बताएका छन् ।
नेता भट्टराईले आज ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘भनिन्छ कुनै पनि संकट नयॉ सम्भावना लिएर आउॅछ, भट्टराईले भने ‘ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयॉ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ’। कम्युनिष्टलाई नै ओलीलै बदनाम गरेको बताएका भट्टराईले अब सबैले नयाँ ढंगले सोच्न समेत आग्रह गरेका छन् । ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ। सबैले नयॉ ढंगले सोचौं ! भट्टराईले भने ।

भट्टराईले लेखेका छन् , भनिन्छ कुनै पनि संकट नयॉ सम्भावना लिएर आउॅछ।ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयॉ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ।ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ। सबैले नयॉ ढंगले सोचौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर