युगाण्डा संग नामिबिया ७ विकेटले पराजित — OSNepal

युगाण्डा संग नामिबिया ७ विकेटले पराजित

LC (KTM) April 09, 2022 0

नामिबिया भ्रमणमा रहेको युगान्डाले घरेलु टोली नामिबियालाई ७ विकेटले पराजित गरेको छ । दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नामिबियालाई युगान्डाले ७ विकेटले पराजित गरेको हो । १ सय ७८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको युगान्डाले खेलको अन्तिम बल बाँकी रहँदा लक्ष्य पुरा गरेको थियो ।

रियाजत अलि शाह र दिनेश नकार्नीले १ सय १८ रनको साझेदारी गर्दै युगान्डालाई जित दिलाए । खराब सुरुवात गरेको युगान्डाका यी दुई खेलाडीले अर्धशतकीय इनिङ खेले । दिनेसले ३९ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७७ रनमा अविजित रहे । यस्तै रियाजतले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५७ रनमा अविजित रहे । नामिबियाका जिराड इरास्मसले २ तथा तन्गेनी लुगमेनीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले इरास्मसको शतकीय इनिङमा १ सय ७७ रन बनायो । उनले ४७ बलमा ९ चौका र ७ छक्का प्रहर गर्दै १ सय रनमा अविजित रहे । नामिबियाका जेपी कोट्जेले ३९ रनको योगदान गरे । युगान्डाका रियाजतले २ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर