आमिरले माधुरीको हातमा थुकेपछि बबाल, माधुरीले लौरो नै लिएर लखेटीन् आमिरलाई — OSNepal

आमिरले माधुरीको हातमा थुकेपछि बबाल, माधुरीले लौरो नै लिएर लखेटीन् आमिरलाई

LC (KTM) June 10, 2021 0

काठमाडौँ । बलिउड चर्चित अभिनेता आमिर खान काम बढी गर्ने र हल्ला कम गर्ने अभिनेता हुन् । हत्तपत्त अन्तरवार्तामा नै नआउने यि चर्चित नायकले निकै फिल्ममा काम गर्ने तर राम्रो चर्चा कमाउने अभिनेताको छवी बनाएका छन् । वर्षमा बढीमा २ वटा फिल्ममा मात्रै काम गर्ने आमिरको चर्चा बलीरहेका बेला अहिले उनको १९९० मा उनीहरुको फिल्म ‘दिल’को एउटा किस्सा भाइरल बनेको छ । उक्त समयमा नायिका माधुरी दीक्षित र अभिनेता आमिर खानले दुई फिल्ममा सँगै काम गरेका छन् ।

यो फिल्मको सुटिङमा आमिरले माधुरीमाथि प्रेंक गर्दा त्यो प्रेंक उनका लागि यति महंगो साबित भयो कि आमिरले भागेर ज्यान बचाउनु परेको थियो । सोही समय आमिरले जिस्किँदै माधुरीको हातमा थुकिदिएपछि माुधरीले आमिरलाई लौरो नै लिएर खेदाएको त्यो दिन सम्झिन्छन् आमर । आमिरले यि सब कुरा फरहान अख्तरको च्याट शो ‘ओए १ इट्स फ्राइडे’मा गरेका हुन् । माधुरीले आमिरका साथ ‘दिवाना मुझसा नहीं’ मा पनि काम गरेका थिए । त्यसपछि भने यो जोडी अन्य फिल्ममा कहिल्यै दोहोरीएइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर