महानगरको उम्मेदवार छान्न बालुवाटरमा जारी नेपाली कांग्रेसको बैठकको के आयो निर्णय ? — OSNepal

महानगरको उम्मेदवार छान्न बालुवाटरमा जारी नेपाली कांग्रेसको बैठकको के आयो निर्णय ?

LC (KTM) April 23, 2022 0

काठमाडौं, १० वैशाख । महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि सनिबारनै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए ।

यो पनि : एमालेका प्रदेश समिति सदस्य मियाँ माओवादी केन्द्रमा प्रवेश : नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मोहमद इस्लाम मियाँ एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

राजविराजमा सनिवार आयोजित कार्यक्रमका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज अशोककुमार मण्डल, केन्द्रीय सदस्य असर्फी सदालगायतका नेताले उनलाई माला र टीका लगाएर पार्टी प्रवेश गराए ।

मियाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । २०७७ सालमा प्रतिनिधि सभा निर्वाचनमा पनि क्षेत्र नम्बर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए ।

यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा मियाँ पुनः मेयरमा उम्मेदवारी दिने तयारीमा छन् । पार्टी प्रवेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरपालिकाको मेयमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताए ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश समिति सदस्यहरू महेशकुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर