चर्चित नायिका दिशा पटानीको आज जन्मदिन, जान्नुहोस् कति वर्षमा लागिन् यि सुन्दरी ? — OSNepal

चर्चित नायिका दिशा पटानीको आज जन्मदिन, जान्नुहोस् कति वर्षमा लागिन् यि सुन्दरी ?

LC (KTM) June 13, 2021 0

काठमाडौं । बलिउड चर्चित नायिका दिशा पटानी आजबाट २९ बर्ष लागेकी छिन् । सलमानसँग फिल्म ‘राधे स् योर मोस्ट वान्टेड भाई’मा अभिनय गरेसँगै चर्चित दिशाको उचाई झनै बढेको छ ।

एमिटी युनिभर्सिटीबाट बायोटेक अध्ययनको क्रममा उनले मोडलिङ सुरु गरेकी दिशालाई आज बिहानैदेखिबाट आफन्त शुभचिन्तक र फ्यानले शुभकामनाको ओइरो वर्षारहेका छन् ।

२०१५मा उनले दुध, मोवाइल कम्पनी लगायतको विज्ञापनमा अभिनय गरेकी दिशा ‘लोफर’बाट ‘तेलूगू’ फिल्म अभिनय डेब्यु गरेपछि २९ वर्ष लागिसक्दा नाम र दाम सबै कमाउन सफल सुन्दरीको परिचय बनाइसकेकी छिन् ।

ब्वाइफ्रेण्ड टाइगर श्राफका कारण पनि चर्चामा आइरहने दिशा सामाजिक संजालमा निकै सक्रिय सुन्दरी हुन् । उनले छिनछिनमा आफ्ना अपडेटहरु दिइरहेकी हुन्छिन् । शिा र टाइगरले एकसाथ ‘बागी २’मा काम गरेपछि यो जोडीको चर्चा भ्नै चुलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर