विक्कीसँगको आफ्नो प्रेम छताछुल्ल पारिदिएको भन्दै हर्षवर्धनसँग नराम्रोसँग रिसाइन कट्रिना — OSNepal

विक्कीसँगको आफ्नो प्रेम छताछुल्ल पारिदिएको भन्दै हर्षवर्धनसँग नराम्रोसँग रिसाइन कट्रिना

LC (KTM) June 13, 2021 0

एजेन्सी- नायिका कट्रिना कैफ हर्षवर्धन सँग नराम्रो सँग रिसाएकी छन् । हर्षवर्धनले आफ्नो लुकाएको गुपचुप प्रेम अनाबश्यक खुलासा गरिदिएको भन्दै कट्रिना रिसाएकी हुन् । केही दिन अगाडि नायक हर्षवर्धन कपुरले नायिका कैफ र नायक कौशल प्रेम सम्बन्धमा रहेको पुष्टी गरिदिएका थिए । प्रेम सम्बन्ध सार्वजनिक भएपछि कैफ नायक कपुरसँग रिसाएकी छिन् ।

हर्षवर्धन र कट्रिनाविच खासै नजिकको सम्बन्ध छैन । अर्कोतिर, कुनै व्यक्तिको व्यक्तिगत बिषयमा कुरा गर्नका लागि अनुमती नलिइ बोलेको भन्दै रुस्ट बनकी छन् । हर्षवर्धनलाई आफ्नो निजी बिषयमा बोल्ने अधिकार नभएको भन्दै कट्रिना उनीसँग रुष्ट बनेकी हुन्।

बलिउडमा पछिल्लो समय कट्रिना र विक्कीको प्रेम चर्चा सुरु भएको छ । बिक्की अघि रणवीर कपुरसँगको प्रेम सम्बन्धमा ब्रेक लागेपछि केही समय तनावमा रहेकी उनी नायक विक्की कौशलको प्रेममा छन् । यो प्रमलाई बाहिर नल्याउने मोडमा उनी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर