सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु — OSNepal

सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

LC (KTM) May 15, 2022 0

काठमाडौं, १ जेठ-सिरहाको औरही गाउँपालिका–५ मा शनिबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छिन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी दासको उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको हो ।भारतिय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेकी दासलाई हिजो बेलुकी ७ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कायालय सिरहाले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर